Saturday, August 25, 2018

स्मृति साहित्यिक पुरस्कार मकवानपुरका बानियाँ र बिर्खे अञ्जान लाई



हेटौडा भाद्र ९ गते / साहित्य संगम मकवानपुरको नियमित सन्ध्या२७५ औं साहित्य  सन्ध्या भेषनाथ अधिकारी स्मृति साहित्यि पुरस्कार र शुभद्रा  देवि- मदन मुडभरी स्मृति काव्य पुरस्कार प्रदान कार्यक्रम  एक समारोह बीच सम्पन्न  भएको छ । 

उक्त सम्मान कार्यक्रममा साहित्यकार श्यामकुमार बानियाँ र बिर्खे अञ्जान आज हेटौंडामा सम्मानित भएका छन् ।
साहित्य संगम मकवानपुरका  अध्यक्ष  निमेष निखिलको अध्यक्षतामा र साहित्यकार गणेशप्रसाद लाठ को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। भेषनाथ अधिकारी स्मृति साहित्यि पुरस्कारबाटसाहित्यकार एवं पूर्व अध्यक्ष  श्यामकुमार बानियाँ   सम्मानित भएका हुन्।संगमका सदस्य विशाल अधिकारीले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी १० हजार रहेको बताएका छन अमेरिकामा रहेका कवि दीपक मुडभरी‘ मित्र ले मातापिताको स्मृतिमा स्थापना गरेको १० हजार राशीकै शुभद्रा  देवि- मदन मुडभरी स्मृति काव्य पुरस्कार थाहा नगरका साहित्यकार बिर्खे अञ्जानलाई प्रदान गरिएको छ । 

 
Read More

Tuesday, August 14, 2018

हेटौंडामा इलेक्ट्रीसियन संघ गठन




श्रावन २९ गते /मकवानपुर  हेटौंडामा  केहि महिना अगाडी देखि बिजुली सम्बन्धि काम गर्नेहरुबाट पहल भएर देबु प्रसाद चौलागाईंको अध्यक्षतामा गठन भएको इलेक्ट्रीसियन संघ  श्रावन २८ गते  जिल्ला प्रशासन कार्यालय हेटौडामा  दर्ता भएको छ।उपाध्यक्ष राजेश श्रेष्ठ,कोसाध्यक्ष मिलन पौडेल सचिव क्रान्तिकारी मोक्ता ,सदस्यहरु नरेश कार्की ,सरास्वती तुम्सींग ,दृस्टी ढुंगाना ,बिमल हमाल र  अमृत न्यौपने सहित गठन भएको  संघ  सधैब सम्पूर्ण इलेक्ट्रीसियन साथीहरू को सोच विचार  र हितको  बारेमा लाग्ने छ  त्यसैले सदस्य साथीलाई धन्यबाद भन्दै बिधुत सम्बन्धि काम गर्ने सम्पूर्ण इलेक्ट्रीसियन साथीहरूलाइ यस संघमा सदस्य बन्न आग्रह गर्दै यस संघ वाट काम गर्ने सम्पूर्ण साथि हरुमा एकता ल्याउने कामको सहि दर  रेट बनाउने र  काम गर्दा हुने दुर्घटनाको बारेमा पनि  संघले जोखिम र आर्थिक पक्षमा केहिन केहि पहल गर्ने अध्यक्ष देबु  प्रसाद चौलागाईंले बताएका छन।  



Read More

Friday, August 10, 2018

निर्णय सहि नभए आन्दोलन जारी: गणेश भेटवाल



हेटौडा श्रावन २४ / प्रदेश नंबर को राजधनी हेटौँडा उपमहानगरपालिकामा  विभिन्न स्थानमा  सुरु भएकोपार्किङनिषेधको को विरोधमा हेटौँडाका मुख्य बजार बन्द गरि,तथा मकवानपुर उद्योग वाणिज्य   संघका कार्यवहाक अध्यक्ष माधव न्यौपाने लगायत   व्यवसायिकहरु  धर्ना दिदै हेटौँडा उपमहानगरपालिकामा बसेका थिए 
उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले श्रावन २४ गते  ज्ञापन पत्र बुझिसकेर पनि आफ्नो  माग प्रति  बिरोध जनाएकोले  धर्ना दिएको हेटौडा मा भएको  एम.डी. स्टोर्सका संचालक  समिर डंगोल  बताउछन्।
केहि  महिना अघिबाट सुरु गरेकोपार्किङ निषेधअभियान विभिन्न विवादबिच हिजोबाट   सुरु भएपछि श्रावण २४ गते बाट  ब्यवसायीहरुले  फेरी आफ्ना पसल  बन्द गरेर आन्दोलनमा उत्रियका हुन्  
  मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको नेतृत्वको टोलीसँगको छलफलमा   राजमार्गमा  पर्ने मुख्यबजार   राप्तिरोड, मेनरोड, पिपलबोट क्षेत्रमासाथै  अवको केहि दिनभित्र अन्य क्षेत्रमा समेत  पार्किङ निषेध  हुने मेयर हरिबहादुर महतउनले बताएपछि   मकवानपुर उद्योग वाणिज्य संघले  पार्किङ निषेधको विरोधमा  बजार बन्द गर्ने    २६ गतेसम्म कुनै सहि निर्णय नआए आन्दोलन गर्ने संघका उपाध्यक्ष गणेश भेटवालले बताएका छन् 



Read More

Thursday, August 9, 2018

“पार्किङ” निषेधित क्षेत्र कायम हुन्छ : मेयर हरिबहादुर महत

हेटौँडा २४ श्रावण/ प्रदेश नंबर ३ को राजधनी हेटौँडा उपमहानगरपालिकामा  विभिन्न स्थानमा  सुरु भएको “पार्किङ” निषेधको को विरोधमा हेटौँडाका मुख्य बजार बन्द गरि व्यवसायिक ,तथा मकवानपुर उद्योग वाणिज्य   संघका कार्यवहाक अध्यक्ष माधव न्यौपाने ज्ञापन पत्र बुझाउन हेटौँडा उपमहानगरपालिका पुगेका थिए ।
 उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले “उक्त  टोलीसँज्ञापन पत्र बुझिसकेर मुख्य राजमार्ग भएकाले निर्णय  भैसकेको , छ  पार्किङ निषेध क्षेत्रकायम हुन्छ  भनेका छन् ।

Related image
केहि  महिना अघिबाट सुरु गरेकोपार्किङ निषेधअभियान विभिन्न विवादबिच हिजोबाट   सुरु भएपछि श्रावण २४ गते बाट  ब्यवसायीहरुले  फेरी आफ्ना पसल  बन्द गरेर आन्दोलनमा उत्रियका छन् यहि सन्दर्भमा  मकवानपुर उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको नेतृत्वको टोलीसँगको छलफलमा हेटौँडामअत्याधिक  भिड हुने गरेकोले  राजमार्गमा  पर्ने मुख्यबजार   राप्तिरोड, मेनरोड, पिपलबोट क्षेत्रमासाथै  अवको केहि दिनभित्र अन्य क्षेत्रमा समेत  पार्किङ निषेध  हुने मेयर हरिबहादुर महतउनले बताएका छन्। 
मकवानपुर उद्योग वाणिज्य संघले   भनेपार्किङ निषेधको विरोधमा आज भोली बजार बन्द गर्ने    २६ गतेसम्म कुनै  निकास नआए शसक्त कार्यक्रम गरिने संघको भनाई

Read More

Wednesday, August 8, 2018

हेटौडाको ओम्याक्स सिनेमा हलमा भिषण आगलागी


हेटौडा, श्रावन २३ / मकवानपुरको हेटौंडा–४मा  अवस्थित ओम्याक्स सिनेमा हलमा श्रावन २३ गते  करिब बिहान ०९:४५ बजे  भिषण  आगलागी भएको छ।
हेटौँडा उपमहानगरपालिकाको दमकल र स्थानीयले आगलागी नियन्त्रणमा लिन नसकेपछि  हेटौडा उपमहानगरपालिकाकोको दमकल आएको थियो र   पानी सकिए पछि  दमकल पानी लिन गएको थियो।  
आगो  नियन्त्रणलाइ  गर्नलाइ    बारा जिल्लाबाट  दमकल घटनास्थलमा आईपुगेको थियो ।
हलको भित्रबाट सुरु भएको आगो बाहिर सम्म फालिएको थियो र वाईरिङ सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ।




भिडियो उपलब्ध - Rj रुपक कालीराज 

Read More

आँखामा औषधि राख्ने तरिका

आँखा हाम्रो संवेदनशील अंगमध्ये पर्छ । त्यसैले यसको देखभालका क्रममा निकै होसियारी अपनाउनुपर्छ । साना गल्तीले पनि दृष्टि गुमाउनुपर्ने जोखिम हुन्छ । आँखाको उपचार वा सुरक्षाका क्रममा विभिन्न औषधि वा ड्रप प्रयोग गरिन्छ । ती प्रयोग गर्दा निम्न कुरामा सचेत रहनुपर्छ ।
eye dropको लागि तस्बिर परिणाम
औषधि राख्ने व्यक्तिले साबुन र पानीले सफासँग हात धुने । 
फिंज नआउने गरी हल्कासँग हल्लाउने । 
औषधीको बिर्को खोल्दा भित्रको टुप्पोलाई नछुने ।
बिरामीलाई आरामसँग बसाउने वा सुताउने ।
औषधि हाल्दा औषधिका टुप्पोले आँखाको वरीपरी वा अन्य ठाउँमा नछुने ।
औषधि  हाल्नु पर्ने आँखाको तल्लो भाग हल्का तान्ने ।
औषधिको बोतलबाट एक थोपा मात्र झर्ने गरि विस्तारै थिच्ने । आँखामा औषधि परेपछि  तल्लो भागको परेला बिस्तारै बिचको चोरी औलाले दुई  मिनेट सम्म थिचेर राख्ने वा आँखा  राम्ररी चिम्लने ताकि आफूले राखेको औषधि अश्रुनली हुँदै नाक र घाँटीमा जान नपाओस् । 
औषधि प्रयोग गरिसकेपछि बिर्को राम्रोसँग बन्द गर्ने साथै  बालबच्चहरुले भेट्न नसक्ने तथा घाम नलाग्ने ठाउँमा सुरक्षित  राख्ने । 
आफ्नो औषधि अरुलाई प्रयोग गर्न नदिने ।
औषधि सधैँ जान्ने मान्छेलाई राख्न लगाउने ।
औषधि खोलेको तीस दिनसम्म प्रयोग गर्न सकिन्छ त्यसपछि बाँकी रहेमा प्रयोग नगर्ने ।
औषधि सधैँ चिनेर मात्र प्रयोग गरौँ र गर्न लगाऔँ ।

सतिश श्रेष्ठ, अप्थाल्मिक असिस्टेन्ट
 तिलगंगा आँखा केन्द्र
 साभार: स्वास्थ्यखबर
Read More

Monday, August 6, 2018

बालक अपहरणकारीको इन्काउन्टरमा मृत्यु

Related image
काठमाडौं, श्रावन २१/ महानगरपालिका वडा नम्बर–३२, काँडाघारी टाउन प्लानिङ्गबाट अपहरण गरी भक्तपुरको मध्यपुर ठिमीमा ११ वर्षीय बालक निशान खड्कालाई अपहरणकारीले हत्या गरेका छन्। हत्या गर्ने दुई जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भइ टाउन प्लानिङ्गमा बालकको आमा चमेली खड्काले सञ्चालन गरेको खाजा पसलबाट आइतबार साँझ ६ बजे अपहरणमा परेका बालक मध्यपुर ठिमी नगरपालिका–७,नगदेश बुद्ध बिहारको तल एक निर्माणधिन घरको हिलोमा तीन फिट तल गाडेको, मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा दिउँसो १२ बजे फेला परेका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखाका बरिष्ठ प्रहरी उपरीक्षक धीरज प्रताप सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाएलगत्तै घट्नामा खटिएका महाशाखाका टोली सूर्यविनायक जंगल क्षेत्रमा गएर खोजी कार्य गर्ने क्रममा सूर्यविनायक नगरपालिका–८, स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजिकै जंगलमा अपहरणकारीसँग प्रहरीको जम्काभेट भएपछि दोहोरो भिडन्त भएको थियो ।
महाशाखाबाट खटिएर आएका प्रहरी नायव उपरीक्षक रुगम कुँवर नेतृत्वको प्रहरी टोलीसँग सूर्यविनायक जंगलमा दोहोरो भिडन्तमा हुदाँ अपहरणकारी नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक करथलीका २३ वर्षीय अजय तामाङ को मृत्यु भएको छ ।
घटनास्थलबाट १ थान पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताएका छन।
Read More

सौतेनी वुवा बाट ११ वर्षकी बालिका बलात्कृत



सुर्खेत श्रावन २१ / आमा उपचारका लागि अस्पताल गएको समयमा श्रावन   १९ गते शनिबार  ११ वर्षकी बालिका बलात्कृत भएकी छिन् । 
सौतेनी वुवाले बालिकालाई  बलात्कार गरेको बलात्कारको आरोपमा आइतबार मात्र   सौतेनी बुवा भेरीगंगा नगरपालिकाका ३० वर्षका लोबहादुर दंगालीलाई पक्राउ गरेको छ ।
शनिबार मध्यान्नको  समयमा  एक्लो पारि बालिकालाई बलात्कार गरेको  आमालाई फोन गरेपछि घटना  सार्वजानिक भयो   हामीलाई आइतबार बिहान खबर आएपछि बावुलाई पक्रिएर जबरजस्ती करणी मुद्धा दर्ता गरेर अनुसन्धान गरिरहेका छौँ  बालिकामा शारीरिक  समस्या भएकाले उपचारका लागि वीरेन्द्रनगर पठाइएको इलाका प्रहरी कार्यालय छिन्चुका  प्रमुख मधुसुधन न्यौपानेले बताउनु भएको छ  ।
#अपराध

Read More

दुर्घटनामा दुईको मृत्यु एकजना घाइते


काठमाडौं श्रावन २१ /
काठमाडौंको महाराजगञ्जमा गएराति २ बजेतिर  बा १९ च ६५ १५ नम्बरको  भ्यान रोकिराखेको बा ४ ख ९८५४ नम्बरको टिपरमा ठोक्किँदा   भंगाल बस्ने खोटाङका रामबहादुर थापा र सिन्धुपाल्चोक जुगलका पशुपति सिलवालको ज्यान गएको छ । Related image
प्रहरीका भनाइ अनुसार चालकले मदिरा सेवन गरि भ्यान  चलाउँदा दुर्घटना भएर  दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
दुर्घटनामा  घाइते भएका भ्यानका चालक सिन्धुपाल्चोकका सुरेश पराजुलीको त्रिवि शिक्षण  अस्पतालमा उपचारमा भईरहेको  प्रहरीले जनाएको छ ।


Read More

Sunday, August 5, 2018

टिपरले ठक्कर दिँदा मृत्यु



प्रदेश नं ३, मकवानपुर,श्रावन २० / कान्तिलोक पथ अन्र्तगत हेटौंडाबाट गैरीगाउँ तर्फ गैरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकल लाई सोही दिशातर्फ गइरहेको ना ७ ख ७३२३ नम्बरको टिपरले ठक्कर दिँदा  हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा   मोटरसाइकल चालक स्थानीय वासी  २६ वर्षीय  टंक न्यौपानेको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएकोछ।
मोटरसाइकलमै सवार २१ वर्षीय गीता न्यौपाने भने गम्भीर घाइते भएकी छिन् । घाइते गीतालाई थप उपचारको लागि भरतपुर रिफर गरिएको लगिएको  गीता टंकको बहिनी भएको प्रहरीले जनाएको छ ।
तीब्र गतिमा गइरहेको टिपर अनियन्त्रित भइ सडकको छेउमा पुगेकर  सडक छेउको विद्युत पोललाई पनि ठक्कर दिएको छ । टिपरको चालक फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसी) नरेशकुमार सिंहले बताएका छन्  ।
Read More

Saturday, August 4, 2018

बलात्कार र हत्या गर्नेलाई सर्वश्वसहित जन्मकैद मन्त्री : थममाया थापाको भनाइ





 भक्तपुर श्रावन १८/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रम एक समारोह बीच शनिबार   सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले   बोल्दै  अब नेपालमा कुनै पनि महिलालाई बलात्कार गर्ने  हत्या गर्ने अपराधीलाई र १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै गरे पनि  सर्वश्वसहित जन्म कैद हुने बताउनु भएको छ ।
महिला प्रतिको  को अधिकार र संघर्षमा      महिलाले गरेको आन्दोलनका कारणले  नेपालमा परिवर्तनका अधिकांश ढोकाहरु खुलेको समेत बताउनुभएको छ  ।
नेपालको ,  धर्म, संस्कृति , रुढीवादी संस्कारका कारण   पनि महिलाहरु दोस्रो दर्जाको रुपमा रहनु परेको  हो  र  तीनै तहका निर्वाचित महिला जनप्रतिनिधिहरुले यस्ता  संस्कारहरुको अन्त्य गर्न सबैको विषेस भूमिका हुनुपर्ने   मन्त्री थममाया थापाले बताउनु भएको छ  ।
Read More

Friday, August 3, 2018

युवतीको शव पानीका तैरिरहेको अवस्थामा






१८ साउन, विराटनगर / विराटनगर महानगरपालिका १४ स्थित जतुवामा  जोगवनी-कटहरी जोड्ने निर्माणधीन रेलको लिक बिच्छ्याएको कल्भर्ट मुनि   पानीमा डुवेको अवस्थामा  अन्दाजी २२ वर्षकी युवतीको शव शुक्रबार  वेवारिसे अवस्थामा फेला परेको छ ।
Image result

 स्थानीयले पानीमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले दिएको जानकारी  अनुसार  मधेसी मूलको जस्तो देखिने शव पानीका तैरिरहेको अवस्थामा नांगो अवस्थामा भेटिएको शवको पहिचान हुन नसकेको बताएका छन ।उनको बलात्कारपछि हत्या भएको अनुमान गरेको छ । शवलाई पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाइएको प्रहरी निरीक्षक सन्तोष निरौलाले बताएका छन।

Read More

पार्किङको व्यवस्थापन गर्नका लागि बैठक

Image result for no parking image
 हेटौँडा उपमहानगरपालिकाका  मेयर  हरिबहादुर महतको अध्यक्षतामा स्थानीय प्रशासन सम्मिलित आज बैठक  बसेकोछ ।
बैठकको निर्णय  अनुसार हेटौँडा उपमहानगरपालिकाको  सडक खण्डमा श्रावन १८  गते  देखिने   सवारी पार्किङ  निषेध हुने भएको छ।
बैठकमा मेयर महतसहित मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, मकवानपुरका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ, त्यसै गरि   हे उ न पा को प्रमुख प्रशासकीय अधिकृत पुष्पराज शाहीको  सहभागीता थियो   ।
  पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने   राप्तिपुलदेखि बुद्धचोक र फ़रिस्ट्रे सम्म तथा त्रिभुवन राजपथको चौकिटोल ओरालोदेखि बुद्धचोकसम्म साना–ठूला सवारी साधन पार्किङलाई पूर्ण रुपमा बन्द गरिने   राप्तिरोड, स्कूलरोड तथा बुद्धचोक जस्ता क्षेत्रमा पार्किङ गर्न नपाईने र  कान्ति लोकपथ क्षेत्रमा पनि  नो पार्किङका लागि व्यवस्थापन गर्नका लागि   छिटो भन्दा छिट्टो विकल्प निकाल्ने    निर्णय भएको छ ।
 राप्तिपुलदेखि बुद्धचोक क्षेत्रमा पार्किङ  निषेध गर्ने सन्दर्भमा राप्तिरोडमा अवस्थित रक्त सञ्चार केन्द्र देखि   दक्षिणपट्टिको खाली स्थान  र बुद्धचोकको दक्षिणमा अवस्थित भिमसेन मिनि मार्केट क्षेत्रमा पार्किङ क्षेत्र हुने  भएको छ ।
 राप्तिरोडमा साविक दक्षिणतर्फ रहेको दुई पाङ्ग्रे सवारी साधन   पार्किङ  निषेध कायम गरिने  चौकीटोल ओरालोदेखि बुद्ध चोकसम्म दुई पाङ्ग्रे सवारी साधन पार्किङ हुँदै आएकोले  सो क्षेत्रलाई पार्किङ  निषेध  घोषणा गरी पुरानो देवि सिनेमा हल रोड र पिपलबोटको भित्री रोडमा पार्किङ स्थल तोकी त्रिभुवन राजपथलाई पार्किङ  निषेध घोषणा गरिने भएको छ ।
 बुद्धचोकदेखि फरेष्ट्रिसम्म   पार्किङ हुँदै आएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी पार्किङलाई हटाई टिसिएनको खाली जग्गामा पार्किङको व्यवस्था मिलाईने भएको छ ।
पार्किङ  निषेध  क्षेत्रमा चार पाङ्ग्रे सवारी साधन लोड अनालेड गर्ने व्यवस्था मिलाउनका लागि बिहान साढे ८ बजे अगाडि र साँझ साढे ७ बजेपछि मात्र लोड अनलोड गर्न पाईने  भएको छ ।हेटौडा  स्कूलरोड ४ मा पनि   पार्किङ निषेध  घोषणा गरी  दुई पाङ्ग्रे सवारीलाई भुटनदेवी स्कुल  अगाडि पार्किङको व्यवस्था मिलाईने  बताइएको छ।


Read More

नेपाली चलचित्र “कायरा” र “झमक बहादुर”को भिडन्त






अभिनेता आर्यन सिग्देलको ड्रिम प्रोजेक्ट नेपाली चलचित्र  ‘कायरा’  श्रावन १८ गते  शुक्रवारबाट देशैभर प्रदर्शन भएको कयारामा जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको छ ।

आर्यनले आफ्नो जोडीको रुपमा उनलाई चयन गरेको चर्चा सिनेवृतमा छ । “ड्रिम्स” र ’ए मेरो हजुर २’ को सफलता पछि  साम्राज्ञीको स्थान राम्रो मानिएको छ । अभिनेता सिग्देल विगतका दिनमा  केहि समय  अग्र स्थान ओगट्न  सफल थिए। ’किस्मत’, ’कसले चोर्यो मेरो मन’, , ’क्लासिक’, ’मेरो एउटा साथी छ’ लगायतका फिल्म  धेरै  चलचित्र  बक्स अफिसमा सफल हुँदा उनलाई लिएर फिल्म बनाउन चाहने निर्माता र निर्देशक अत्यधिक थिए ।

चकलेटी ब्वाई आर्यन र अहिलेकी हट केक साम्राज्ञीले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण यो फिल्मको दर्शकमा घोषणाको बेलैदेखि व्यग्र प्रतिक्षा थियो । गीत संगीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुनेमा निर्माण टिम विश्वस्त देखिएको छ र  देशभरका ८० वटा हलमा प्रदशन भएको  नेपाली चलचित्र  ‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय  रहेको ‘कायरा’ ले के गर्छ  त्यसको नतिजा  केही दिनमा नै सार्वजनिक हुने छ । 


संग संगै , 
सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको चलचित्र  “झमक बहादुर“ संग भिडन्त भएको छ  । “को  ट्रेलर सार्वजनिक भएपछि यो फिल्म दक्षिण भारतीय फिल्म ’मुम्बई एक्सप्रेस’ को फोटोकपी रहेको भन्दै चर्को आलोचना भएको थियो ।

  भोमन कटुवाल निर्दे्शित तथा मिनकुमार तामाङ निर्मित अनुप विक्रम शाही स्टारर फिल्म झमक बहादुर मा यादब देपकोटा “सरापे”   राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको छ  ।

Read More

कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग

तोकिएको समयमा काम नसकिएपछि हेटौडाको  कान्ति लोकपथ निर्माण योजनाको म्याद थप्न माग गरिएको छ । हेटौंडा काठमाडौं जोड्ने छोटो दूरीको वैकल्पिक मार्गका रुपमा बनिरहेको कान्ति लोकपथ अझै सम्पन्न हुन सकेको छैन ।

Image result for hetauda kanti lok path rod


१ वर्षसमय  थप्न सडक विभागसँग प्रस्ताव राखेको भनाइ अनुसार  ‘ सम्पूर्ण काम लगभग अन्तिम चरणमा  पुगेको  केही काम बाँकी रहेकोले म्याद थप्नुपरकोे  आउदों  दुई साता  भित्र१२ महिना  म्याद थपिने बताउँदै उहाँले अघिल्लो आर्थिक वर्ष्भित्र नै काम सकी काठमाडौं–मकवानपुर हेटौडामा सवारी गुडाउने लक्ष्य भए भए पनि पूरा नभएको इन्जिनियर नरेन्द्र भट्टको भनाइ छ ।
स्थानीय बासिन्दाको  भनाइ अनुसार अहिले  ठूल्ठूलो पहिरोको   समस्याले ’   अझै सडक निर्माण कार्य पूराहुन न सक्ने बताएका  छन् ।
तीनपाने भञ्ज्याङदेखि झाँक्री डाँडा हुँदै भट्टेडाँडासम्म सुख्खा पहिरो खसिरहँदा काम प्रभावित भैरहेको छ भने भट्टेडाँडादेखि करिब ७ किमि खण्डमा कडा चट्टान फुटाउन नसकिँदा अहिले पनि सिङगल लेनमा सवारी साधन गुडाउनुपरेको छ।
 उक्त खण्डमा रहेको कडा चट्टानको भाग फुटाउन ५ मेट्रिक टन बिस्फोटक पदार्थ चाहिने  कुल ९० किमि सडक खण्ड योजनाको भनिए पनि  ललितपुरको टिकाभैरब पुलदेखि मकवानपुर खण्डको बुद्धचोकसम्म ७९ किमि सडक विस्तार गर्नु पर्ने  त्यसमध्ये २० किमि कालोपत्रे भएको योजनाले जनाएको छ । लगभग १८ किमि मकवानपुर र साँढे २ किमि ललितपुर खण्डमा कालोपत्रे भएको छ । ६० किमि सडक खण्ड कालोपत्रे गर्ने तयारीमा रहेको इन्जिनियर भट्टले बताएका  छन्। यस योजनाका लागि चालु आर्थिक वर्षमा ६० करोड बजेट सरकारले  छुट्याएको छ ।
 विस २०१३ सालमा ट्रयाक खोलिएको  र यस मार्गमा २०७१ २०७२ देखि बहुबर्षिय ठेक्का जिम्मा लगाइएको थियो । ठेक्का सुरु भएदेखि यस सडक खण्डमा अहिलेसम्म १ अर्ब ३४ करोड ७६ लाख रुपियाँ खर्च भएको कान्ति  लोकपथ हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म ९० किमि  दुरीको सडक सडक छ ।


Read More

राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको ७० औं बैंठक सम्पन्न

स्रोत: सुनिल खड्का
काठमाण्डौं / राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको ७० औं बैंठक सम्पन्न भएको छ । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयको सभाहलमा भएको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको छ ।
शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको बैंठकले आयुर्वेद, प्राकृतिक चिकित्सा र योग विज्ञान बिषयको पाठ्यक्रम विकासका लागि सैंद्धान्तिक सहमती प्रदान गर्ने निर्णय गरेको हो ।
परिषदले गरेको यो निर्णय स्वागतयोग्य भएको राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका कार्यकारी निर्देशक डा। सिद्धार्थ ठाकुरले बताउनुभयो । यो निर्णयले समृद्ध नेपाल बनाउने अभियानलाई सहयोग पुग्ने बताउँदैं ठाकुरले गरिबी निवारण र रोजगारीमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
Read More

मकवानपुरमा छुट्टाछुट्टै स्थानबाट लागूऔषध बरामद

लागूऔषध नियन्त्रण ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले २ सय ३ केजी ७२ ग्राम लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहिबार पत्रकार सम्मेलन गरेर बरामद गाँजा र पक्राउ परेकालाई सार्वजनिक गरेको हो । 
प्रहरीले ८८ केजी ७ सय २० ग्राम गाँजासहित उदयपुरका पदम हमाल, सिरहाका सुरेशकुमार महतो, सिरहाकै छेदी दास, मकवानपुरका कृष्णबहादुर मोक्तानलाई मनहरी गाउँपालिका–९ खरङ्गाबाट साउन १६ गते पक्राउ गरेको जानकारी दिएको छ । भारतीय BR-IP-२३४५ नम्बरको बोलेरो जिपमा फल्स बटम बनाई लुकाई छिपाइ ओसार पसार गर्न लागिएको अवस्थामामा  बरामद गरेको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए । 
यसैगरी प्रहरीले साउन १७ गते १ सय १५ केजी गाँजासहित सिन्धुलीका दिनेश मगर, ज्ञानबहादुर बुढासैलीलाई हेउमनपा ११ सरस्वतीचोकबाट पक्राउ गरेको उनले बताए । उनीहरुले ना.३ च. ४७६२ नम्बरको बोलेरोमा लुकाई लैजाँदै गरेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Read More

Thursday, August 2, 2018

दिनभरमा कति पानी पिउने

डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि ८ गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ । तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको शरीरको वजन तथा जिउडालमा भर पर्छ । कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सुत्र जानिराखौँः

Image result for drinking water
सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् । शरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो शरीरको वजन थाहा पाउनुपर्छ । किनकी ४७ किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ । पानी शरीरमा विषाक्त पदार्थको निष्कासन देखि लिएर मेटाबोलिज्म तथा पाचन क्रिया जस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ ।

यसरी पिउनुहोस् पानी
आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् । त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् । जस्तै यदि तपाइँको वजन ६० किलो छ भने तपाइँले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ । ८० किलो वजन भएका मानिसले २.६ लिटर पानी पिउनु पर्छ ।

व्यायामका बेला धेरै पानी
व्यायामका बेला शरीरबाट धेरै पसिना निस्किन्छ र जिउमा पानी कमी हुन थाल्दछ । पानीको कमी हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको हरेक आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ । साथै फलफुल तथा जुस पनि पर्याप्त खाने गर्नुपर्छ ।

शरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्नका लागि केवल पानी मात्र पिउनु आवश्यक छैन । यसका लागि धेरै पानीको मात्रा हुने फलफूल तथा अन्य खानेकुरा पनि भोजनमा सामेल गर्नुपर्छ । शरीरमा २०।२५ प्रतिशत पानीको पूर्ति हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ । जस्तै एउटा स्याउन ११६ मिलि लिटर पानी हुन्छ । त्यस्तै खरभुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रसस्त पानी पाइन्छ |

Read More

Services

More Services

About Us

Powered by Blogger.