Wednesday, August 8, 2018

आँखामा औषधि राख्ने तरिका

आँखा हाम्रो संवेदनशील अंगमध्ये पर्छ । त्यसैले यसको देखभालका क्रममा निकै होसियारी अपनाउनुपर्छ । साना गल्तीले पनि दृष्टि गुमाउनुपर्ने जोखिम हुन्छ । आँखाको उपचार वा सुरक्षाका क्रममा विभिन्न औषधि वा ड्रप प्रयोग गरिन्छ । ती प्रयोग गर्दा निम्न कुरामा सचेत रहनुपर्छ ।
eye dropको लागि तस्बिर परिणाम
औषधि राख्ने व्यक्तिले साबुन र पानीले सफासँग हात धुने । 
फिंज नआउने गरी हल्कासँग हल्लाउने । 
औषधीको बिर्को खोल्दा भित्रको टुप्पोलाई नछुने ।
बिरामीलाई आरामसँग बसाउने वा सुताउने ।
औषधि हाल्दा औषधिका टुप्पोले आँखाको वरीपरी वा अन्य ठाउँमा नछुने ।
औषधि  हाल्नु पर्ने आँखाको तल्लो भाग हल्का तान्ने ।
औषधिको बोतलबाट एक थोपा मात्र झर्ने गरि विस्तारै थिच्ने । आँखामा औषधि परेपछि  तल्लो भागको परेला बिस्तारै बिचको चोरी औलाले दुई  मिनेट सम्म थिचेर राख्ने वा आँखा  राम्ररी चिम्लने ताकि आफूले राखेको औषधि अश्रुनली हुँदै नाक र घाँटीमा जान नपाओस् । 
औषधि प्रयोग गरिसकेपछि बिर्को राम्रोसँग बन्द गर्ने साथै  बालबच्चहरुले भेट्न नसक्ने तथा घाम नलाग्ने ठाउँमा सुरक्षित  राख्ने । 
आफ्नो औषधि अरुलाई प्रयोग गर्न नदिने ।
औषधि सधैँ जान्ने मान्छेलाई राख्न लगाउने ।
औषधि खोलेको तीस दिनसम्म प्रयोग गर्न सकिन्छ त्यसपछि बाँकी रहेमा प्रयोग नगर्ने ।
औषधि सधैँ चिनेर मात्र प्रयोग गरौँ र गर्न लगाऔँ ।

सतिश श्रेष्ठ, अप्थाल्मिक असिस्टेन्ट
 तिलगंगा आँखा केन्द्र
 साभार: स्वास्थ्यखबर

Services

More Services

About Us

Powered by Blogger.