Saturday, August 25, 2018

स्मृति साहित्यिक पुरस्कार मकवानपुरका बानियाँ र बिर्खे अञ्जान लाई



हेटौडा भाद्र ९ गते / साहित्य संगम मकवानपुरको नियमित सन्ध्या२७५ औं साहित्य  सन्ध्या भेषनाथ अधिकारी स्मृति साहित्यि पुरस्कार र शुभद्रा  देवि- मदन मुडभरी स्मृति काव्य पुरस्कार प्रदान कार्यक्रम  एक समारोह बीच सम्पन्न  भएको छ । 

उक्त सम्मान कार्यक्रममा साहित्यकार श्यामकुमार बानियाँ र बिर्खे अञ्जान आज हेटौंडामा सम्मानित भएका छन् ।
साहित्य संगम मकवानपुरका  अध्यक्ष  निमेष निखिलको अध्यक्षतामा र साहित्यकार गणेशप्रसाद लाठ को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। भेषनाथ अधिकारी स्मृति साहित्यि पुरस्कारबाटसाहित्यकार एवं पूर्व अध्यक्ष  श्यामकुमार बानियाँ   सम्मानित भएका हुन्।संगमका सदस्य विशाल अधिकारीले आफ्ना पिताको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी १० हजार रहेको बताएका छन अमेरिकामा रहेका कवि दीपक मुडभरी‘ मित्र ले मातापिताको स्मृतिमा स्थापना गरेको १० हजार राशीकै शुभद्रा  देवि- मदन मुडभरी स्मृति काव्य पुरस्कार थाहा नगरका साहित्यकार बिर्खे अञ्जानलाई प्रदान गरिएको छ । 

 

Services

More Services

About Us

Powered by Blogger.