Sunday, September 30, 2018

रेखा थापालाई चुनौती र डर हुने भो प्रियंकासँग भिडन्त


असोज १४ गते / हरेक सातामा  नेपाली चलचित्र   भिडन्त हुनु  अब नौलो होइन।नामै नसुनेका चलचित्र पनि  जुध्छन् त कहिले मल्टिस्टारर फिल्म नै।वर्षमाअत्यधिक  चलचित्र  रिलिज हुने हुँदा निकै कम चलचित्र  मात्र रिलिज हुन्छन् ।
गएको भाद्र २२ गते 'रामकहानी' र 'रोज' को भिडन्तले  हलचल मच्चायो। त्यसपछि दशैंमा 'छक्का पञ्जा ३' र 'जय भोले' एकसाथ रिलिज हुने खबर बाहिरिए पनि  आखिरमा  'छक्का पञ्जा ३' ले घटस्थापना रोज्यो भने 'जय भोले' फूलपातीमा। 
 कात्तिक १६ गते दुई ठूला फिल्म जुध्ने  भएको छ । कात्तिक २१ गते अभिनेत्रीरेखा थापाको 'मालिका' रिलिज हुने पक्का भएको थियो तर, शुक्रवार सार्वजनिक प्रोमोमा चलचित्र रिलिज डेट एक हप्ता अगाडि सारिएको जानकारी आएको छ । 

रेखा थापाको चलचित्र 'मालिका' कात्तिक १६ गतेबाट प्रदर्शनमा आउनेजानकारी संगै    रिलिज फेरबदल हुनुको कारण बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ हो । यो फिल्म नोभेम्बर ८ अर्थात् कात्तिक २२ गते रिलिज हुने भएको छ  । 
आमिर खानको फिल्म‘थ्रेट’ हुने भन्दै रेखाले आफ्नो चलचित्र लाई एक साता अगाडि सारेकी हुन् । 
यो मितिमा  प्रियंका कार्की र  आयुष्मान देशराज जोशी, स्टारर चलचित्र ‘चङ्गा चेट’ आउने फाइनल भइसकेको छ । अब कात्तिक १६ मा दुई ठूला चलचित्रको लडाईँ पक्का भएको छ । अभिनेत्री प्रियंका, रेखाबाट 'नम्बर एक नायिका' को छाप  खोस्ने दौडमा एकपछि अर्को चलचित्र  बक्स अफिसमा प्रियंकाले  आफूलाई टिकाइराख्न सकिनन् भन्ने जानकारी आयो।अभिनेत्री पूजा शर्मालाई यसको दाबेदार मान्न थालिएको छ । 
रेखा र प्रियंका दुबैलाइ  कात्तिक १६ ले  कुन स्थान दिन्छ त्यो त  पर्खिनै पर्छ । पलाँस', 'डायरी' र 'रुद्रप्रिया' ओरालो लगेपछि  अब त्यसलाई उकास्न  मालिका'ले सहयोग गर्छकी ? 

Read More

Saturday, September 22, 2018

पर्खाइको नेपाली चलचित्र "छक्का पञ्जा३" घटस्थापनाको दिन प्रदर्शन



असोज ०७ गते /आम दर्शक  हरुकोपर्खाइमा रहेको नेपाली चलचित्र  ‘छक्का पञ्जा को प्रोमो  प्रदर्शन मिति एकसाथ सार्वजनिक भएको  
शनिबार बिहान :३०  बजे ज्योतिषले दिएको समय अनुसारनै प्रोमो   पत्रकारलाई देखाएपछि युट्युबमार्फत् रिलिज गरिएको  
 कमेडीलाई भन्दा सामाजिक मुद्धालाई बढी स्थान दिइएको  जातिय विभेद, विद्यालयमा हुने राजनीति  अशिक्षित युवाहरुको कथा बोल्ने अनुमान गर्न सकिन्छ  निर्माण टोलीले प्रदर्शन मिति नराखेपनि  चलचित्र  घटस्थापनाबाट देशैभर प्रदर्शनमा आउने जानकारी गराएका छन्  योसँगै एकसाथ प्रदर्शनमा आउने भनिएको चलचित्र   'जय भोले' फूलपातीमा आउने  प्रोमो   रिलिज कार्यक्रममा दीपकराजले बताएक थिए 
छक्का पञ्जा ’ को प्रोमो 
आमा सरस्वती मुभिज आईएमईएको संयुक्त प्रस्तुति रहेको   नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको बेजोड   अभिनय रहेको   अतिथि कलाकारको रुपमा प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत संजोग कोइरालाले अभिनय गरेका छन्   केदार घिमिरे "माग्ने बुढा" जितु नेपाल "मुन्द्रे"कार्यकारी निर्माता छन् कथा दिपकराज गिरीको भने चलचित्रलाई दीपा श्री निरौलाले निर्देशन गरेकी छन्  

                 





Read More

Sunday, September 16, 2018

पल्सर मोटर साइकल सहित चोर पक्राउ

हेटौडा भाद्र ३१ /चौघडा प्रहरी चौकी  बाट खटीएको प्रहरी टोलिले जिल्ला मकवानपुर हे.उ.म.न.पा. ६चौघडा स्थित सडक खण्डमा चेक जांच गर्ने क्रममा चोरी भएको ना२२प ७५५९ नम्बरको मोटर साईकल लाई ना२४प ७०९२ नम्बर परिवर्तन गरी चलाएको अबस्थमा फेला  परेको  हो ।     
२०७४ माघ २५ गते बेलुका ०८ बजेको समयमा  मकवानपुर गढी गा.पा.वडा नं. ३ सामरी बस्ने दिनेश पौडेलको घरको पिंढीमा पार्किङ गरि राखेको (ना २२ प ७५५९) नम्बरको निलो रङ को -१५०cc को  पल्सर   मोटर साईकल चोरी भएपछि  कार्यालयमा निवेदन परेको र  खोज तलास गर्ने क्रममा मिति २०७५ भाद्र  ३० गते प्रहरी टोलिले बिशेष सुचनाको आधारमा हेटौडा  उपमहा नगरपालिका ६ चौघडा बस्ने वर्ष २१को बिनय अधिकारी लाई उक्त मोटरसाईकल सहीत पक्रउ गरी चोरी मुद्धामा सम्मानित जिल्ला अदालत मकवानपुरबाट  दिन १० को म्याद सहित  अनुमती लिई  अनुशन्धन तथा कारवाही भईरहेको  जिल्ला  प्रहरी  कार्यालय  मकवानपुरले  जनाएको  छ ।  

Read More

Sunday, September 9, 2018

अबैध रुपमा नदिजन्य पदार्थ ढुवानी गर्ने २ वटा ट्याक्टर पक्राउ ट्याक्टरलाइ जरिवाना


 भाद्र २४ गते / मकवानपुर जिल्ला प्रहरी कार्यलाय तथा ईलाका प्रहरी कार्यलाय पशुपतिनगर बाट खटिएको प्रहरी टोलीलेजिल्ला हेटौडा उप महानगरपालिका १० स्थित राप्तीखोलाको पुल नजिकै सडक खण्डबाट ना ५ त ४०१५ र हे.उ.म.न.पा. –१५  स्थित कुखरेनी खोलाबाट  ना ५ त ९८८९ नं.को ट्याक्टरहरुमा अबैध रुपमा नदिजन्य पदार्थ ,बालुवा, ढुङ्गा,गिट्टी लोड गरेर नियमानुसारको कर छली गरी ओसार पोसार गर्दै गरेको अवस्थामा पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय मकवानपुरमा पठाईएको प्रत्येकलाई जनही रु ५,००० पांच हजारका का दरलेजरीवाना गरी छाडीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Read More

Friday, September 7, 2018

हेटौंडामा पनि रमाउने थलो 'दोहोरी साँझ' सुरु

भाद्र२१गते/हेटौडा १० टिसिएन रोडमामा भाद्र २१ गते देखि व्यवसायिक दोहोरी साँझ संचालनमा आएको
मकवानपुर जिल्लाका प्रकाश गौतम, हेमन्त मगर महेन्द्र राना मगरको संयुक्त लगानीमा संचालित  'हेटौडा दोहोरी साँझ' लगभग ६५ लाख को  लगानीमा   संचालन सुरु भएको  जानकारी संचालकले दिएका छन
बिहिबार साझ हेटौंडा उपमहानगरपालिका वडा . १० का वडाध्यक्ष् किताब सिङ् घलानले एक कार्यक्रमबीच उद्घाटन गर्नु भएको हो उद्घाटन गर्दै वडाध्यक्ष् घलानले हेटौडामा दोहोरी साझ खोलिनुले लोक सस्कृतिमा उर्जा थपिएको  बताउनुभयो
कामको थकान मेट्न मनोरंजन संगै दोहोरीमा रमाउने थलो बनाउन   हो-हल्ला झैँ-झगडाको अवस्था सृजना हुन नदिनको लागी समेत संचालकलाई उहाले आग्रह गर्नुभएको
नेपालि कला सस्कृति जोगाउदै मनोरन्जनका साथै लुकेका प्रतिभा उजागर गर्ने विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहको प्रस्तुति रहने   साझ बजेदेखि राति १२ बजे सम्म मात्र  संचालन हुने  दोहोरी साँझका प्रमुख प्रकाश गौतमले बताउनुभयो
कामबाट तनाव मुक्त हुन लोक-संगीतको मज्जा लिन प्राय मानिस दोहोरी धाउने गर्छन् प्रदेश को राजधानी हेटौंडामा,  दोहोरी साझ थिएन,  दोहोरी साझ  संचालनमा आएको  यहाँ चुनौती पनि उत्तिकै   'दोहोरी साझ'मा मदिरा सेवनगरी लठ्ठीएर ग्राहकहरुवीच झगडा पर्ने  प्रहरीलेको तथ्यांक कर्मचारी तथा युवतीको विषयलाई लिएर कतिपय ग्राहकहरुले अभद्र व्यवहार गर्ने गालीगलौज गर्ने अपाराधिक घटनाहरु सुनिए पनि  हेटौंडामा  यस्तो  अवस्था नआओस प्रदेश को राजधानी हेटौंडामा खुलेको   दोहोरी साझमा गएर तनाव मुक्त हुने  थलो बनोस शुभकामना 

Read More

Services

More Services

About Us

Powered by Blogger.