असोज १४ गते / हरेक सातामा नेपाली चलचित्र भिडन्त हुनु अब नौलो होइन।नामै नसुनेका चलचित्र पनि जुध्छन् त कहिले मल्टिस्टारर फिल्म नै।वर्षमाअत्यधिक चलचित्र रिलिज हुने हुँदा निकै कम चलचित्र मात्र रिलिज हुन्छन् ।

कात्तिक १६ गते दुई ठूला फिल्म जुध्ने भएको छ । कात्तिक २१ गते अभिनेत्रीरेखा थापाको 'मालिका' रिलिज हुने पक्का भएको थियो तर, शुक्रवार सार्वजनिक प्रोमोमा चलचित्र रिलिज डेट एक हप्ता अगाडि सारिएको जानकारी आएको छ ।
रेखा थापाको चलचित्र 'मालिका' कात्तिक १६ गतेबाट प्रदर्शनमा आउनेजानकारी संगै रिलिज फेरबदल हुनुको कारण बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ हो । यो फिल्म नोभेम्बर ८ अर्थात् कात्तिक २२ गते रिलिज हुने भएको छ ।
आमिर खानको फिल्म‘थ्रेट’ हुने भन्दै रेखाले आफ्नो चलचित्र लाई एक साता अगाडि सारेकी हुन् ।
यो मितिमा प्रियंका कार्की र आयुष्मान देशराज जोशी, स्टारर चलचित्र ‘चङ्गा चेट’ आउने फाइनल भइसकेको छ । अब कात्तिक १६ मा दुई ठूला चलचित्रको लडाईँ पक्का भएको छ । अभिनेत्री प्रियंका, रेखाबाट 'नम्बर एक नायिका' को छाप खोस्ने दौडमा एकपछि अर्को चलचित्र बक्स अफिसमा प्रियंकाले आफूलाई टिकाइराख्न सकिनन् भन्ने जानकारी आयो।अभिनेत्री पूजा शर्मालाई यसको दाबेदार मान्न थालिएको छ ।
रेखा र प्रियंका दुबैलाइ कात्तिक १६ ले कुन स्थान दिन्छ त्यो त पर्खिनै पर्छ । पलाँस', 'डायरी' र 'रुद्रप्रिया' ओरालो लगेपछि अब त्यसलाई उकास्न मालिका'ले सहयोग गर्छकी ?
No comments:
Write टिप्पणियाँ