Saturday, August 4, 2018

बलात्कार र हत्या गर्नेलाई सर्वश्वसहित जन्मकैद मन्त्री : थममाया थापाको भनाइ





 भक्तपुर श्रावन १८/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले आयोजना गरेको महिला जनप्रतिनिधिहरुको अनुभव आदनप्रदान कार्यक्रम एक समारोह बीच शनिबार   सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले   बोल्दै  अब नेपालमा कुनै पनि महिलालाई बलात्कार गर्ने  हत्या गर्ने अपराधीलाई र १० वर्षभन्दा कम उमेरका बालिकालाई बलात्कार मात्रै गरे पनि  सर्वश्वसहित जन्म कैद हुने बताउनु भएको छ ।
महिला प्रतिको  को अधिकार र संघर्षमा      महिलाले गरेको आन्दोलनका कारणले  नेपालमा परिवर्तनका अधिकांश ढोकाहरु खुलेको समेत बताउनुभएको छ  ।
नेपालको ,  धर्म, संस्कृति , रुढीवादी संस्कारका कारण   पनि महिलाहरु दोस्रो दर्जाको रुपमा रहनु परेको  हो  र  तीनै तहका निर्वाचित महिला जनप्रतिनिधिहरुले यस्ता  संस्कारहरुको अन्त्य गर्न सबैको विषेस भूमिका हुनुपर्ने   मन्त्री थममाया थापाले बताउनु भएको छ  ।

Services

More Services

About Us

Powered by Blogger.