Sunday, August 5, 2018

टिपरले ठक्कर दिँदा मृत्यु



प्रदेश नं ३, मकवानपुर,श्रावन २० / कान्तिलोक पथ अन्र्तगत हेटौंडाबाट गैरीगाउँ तर्फ गैरहेको बा ४२ प ७०७० नम्बरको मोटरसाइकल लाई सोही दिशातर्फ गइरहेको ना ७ ख ७३२३ नम्बरको टिपरले ठक्कर दिँदा  हेटौंडा उपमहानगरपालिका–१७ गैरीगाउँमा   मोटरसाइकल चालक स्थानीय वासी  २६ वर्षीय  टंक न्यौपानेको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएकोछ।
मोटरसाइकलमै सवार २१ वर्षीय गीता न्यौपाने भने गम्भीर घाइते भएकी छिन् । घाइते गीतालाई थप उपचारको लागि भरतपुर रिफर गरिएको लगिएको  गीता टंकको बहिनी भएको प्रहरीले जनाएको छ ।
तीब्र गतिमा गइरहेको टिपर अनियन्त्रित भइ सडकको छेउमा पुगेकर  सडक छेउको विद्युत पोललाई पनि ठक्कर दिएको छ । टिपरको चालक फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डिएसी) नरेशकुमार सिंहले बताएका छन्  ।

Services

More Services

About Us

Powered by Blogger.