Friday, October 5, 2018

रेडियो सन्देश १०६.९ मेगाहर्ज प्रशारण हेटौडाको मुख्य बजार बाट

भाद्र २० हेटौंडा / सामुदायिक सञ्चार समुह सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज  प्रशारणसुरु भैसकेको छ  । सुचना तथा सञ्चार मन्त्रालयमा ९५०/०७३/०७४ दर्ता भएको  रेडियो सन्देश असोज १ गतेदेखी www.radiosandesh.com अनलाईन मार्फत सुन्न सकिन्छ ।३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार (बुद्ध चोक) बाट रेडियो प्रशारण सुरु  गरिएको रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको 

साथ समुदायको आवाज समेट्ने प्रयास गर्ने सामुदायिक सञ्चार समुह सञ्चालित रेडियो सन्देश १०६.९ मेगाहर्ज का अध्यक्ष सुनिल खड्काले  बताउनु भयो ।
बिल्कुलै नयाँप्रस्तुतिका साथ  रेडियो सञ्चालन गरिने खड्काको भनाइ  छ ।रेडियोले ताजा सन्देश अनि पुर्ण मनोरञ्जन दिने  साथैं  जनमानसमा  आवाजको  पृथक पहिचान बनाउने उधेश्य रहेको र रेडियो दैंनिक बिहान५ बजेदेखी राती ११ बजेसम्म १८घण्टा प्रशारण हुने समेत अध्यक्ष खड्काले बताउनु भएको छ

Services

More Services

About Us

Powered by Blogger.