Monday, October 8, 2018

ट्याक्टर अनियंत्रीत भई दुर्घटना दुर्घटना हुँदा १ जनाको मृत्य

असोज२३गते/ मकवानपुर थाहा नगर पालिका ७ बसेरी स्थित भित्री सडक खण्डमा धादिङ धार्केबाट बसेरी तर्फ आउदै गरेको ना५त ६५६२ नं को ट्याक्टर  दुर्घटना भएको छ।
ट्याक्टर आफै अनियंत्रीत  भई सडक बाट १०मिटर तल खसी  दुर्घटना भएको र दुर्घटना हुँदा मकवानपुर थाहा थाहा नगर पालिका ७बस्ने बर्ष२२का   चालक  रोशन खत्रीको घटना स्थलमा  मृत्य’ भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।



Read More

Sunday, October 7, 2018

मोटर साइकल सहित २४ घण्टा नबित्दै चोर पक्राउ

हेटौडा असोज२१/नवलपरासी घर भई हाल  हेटौडा १०बस्ने गुन्ज ब.रानाको बा५९ प २२६७ नं. मोटर साईकल निजको घर अगाडी पार्किङ गरी राखेको अवस्थामा चोरी भएको जानकारी जिल्ला प्रहरी कार्यालय मकवानपुरले पाए पछि कार्यालयको निर्देशनमा मातहत कार्यालय समेतको टोली परीचालन गरी हेटौडा उपमहानगर पालिका १४बस्ने बर्ष २०को आशिष रुम्बालाई   मोटर साइकल सहित  हेटौडा १० फरेस्टी गेट अगाडी बाट भाद्र २१ गते पक्राउ गरेको छ।
पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

Read More

Friday, October 5, 2018

रेडियो सन्देश १०६.९ मेगाहर्ज प्रशारण हेटौडाको मुख्य बजार बाट

भाद्र २० हेटौंडा / सामुदायिक सञ्चार समुह सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्ज  प्रशारणसुरु भैसकेको छ  । सुचना तथा सञ्चार मन्त्रालयमा ९५०/०७३/०७४ दर्ता भएको  रेडियो सन्देश असोज १ गतेदेखी www.radiosandesh.com अनलाईन मार्फत सुन्न सकिन्छ ।३ नम्बर प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार (बुद्ध चोक) बाट रेडियो प्रशारण सुरु  गरिएको रेडियो सन्देशले फरक प्रस्तुति र एउटा नयाँ सोचको 

साथ समुदायको आवाज समेट्ने प्रयास गर्ने सामुदायिक सञ्चार समुह सञ्चालित रेडियो सन्देश १०६.९ मेगाहर्ज का अध्यक्ष सुनिल खड्काले  बताउनु भयो ।
बिल्कुलै नयाँप्रस्तुतिका साथ  रेडियो सञ्चालन गरिने खड्काको भनाइ  छ ।रेडियोले ताजा सन्देश अनि पुर्ण मनोरञ्जन दिने  साथैं  जनमानसमा  आवाजको  पृथक पहिचान बनाउने उधेश्य रहेको र रेडियो दैंनिक बिहान५ बजेदेखी राती ११ बजेसम्म १८घण्टा प्रशारण हुने समेत अध्यक्ष खड्काले बताउनु भएको छ
Read More

Tuesday, October 2, 2018

प्रहरी द्वारा पक्राउ गाँजा सहित ट्याङकर र चालक



भाद्र १६ /काठमाणडौबाट खटिएको प्रहरी टोलीले लागु औषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा  जिल्ला मकवानपुर मनहरी गा.पा. रमनटार स्थित लोकमार्गमा चितवन बाट हेटौडा तर्फ आउदै गरेको ना ३९६९ नं. को ट्याङकरलाई चेकजाँच गर्दा ट्याङकरको तेल राख्ने नं. चेम्बरमा पोका नं. चेम्बरमा १५ पोका गरी जम्मा २२ पोका तयारी लागु औषध गाँजा २९५ किलो लुकाई छिपाई ल्याएको ट्याङकर  चालकलाइ सिमरा ...पा. २२ अमलेखगंज बारा  बस्ने बर्ष ३८ बर्षको प्रहलाद बहादुर ठकुरीलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन २०३३बमोजिम आवस्यक कारवाही भईरहेको  जिल्ला प्रहरी कार्यालय  मकवानपुरले जनाएको  

Read More

Services

More Services

About Us

Powered by Blogger.