हेटौडा भाद्र ३१ /चौघडा प्रहरी चौकी बाट खटीएको प्रहरी टोलिले जिल्ला मकवानपुर हे.उ.म.न.पा. ६चौघडा स्थित सडक खण्डमा चेक जांच गर्ने क्रममा चोरी भएको ना२२प ७५५९ नम्बरको मोटर साईकल लाई ना२४प ७०९२ नम्बर परिवर्तन गरी चलाएको अबस्थमा फेला परेको हो ।

२०७४ माघ २५ गते बेलुका ०८ बजेको समयमा मकवानपुर गढी गा.पा.वडा नं. ३ सामरी बस्ने दिनेश पौडेलको घरको पिंढीमा पार्किङ गरि राखेको (ना २२ प ७५५९) नम्बरको निलो रङ को -१५०cc को पल्सर मोटर साईकल चोरी भएपछि कार्यालयमा निवेदन परेको र खोज तलास गर्ने क्रममा मिति २०७५ भाद्र ३० गते प्रहरी टोलिले बिशेष सुचनाको आधारमा हेटौडा उपमहा नगरपालिका ६ चौघडा बस्ने वर्ष २१को बिनय अधिकारी लाई उक्त मोटरसाईकल सहीत पक्रउ गरी चोरी मुद्धामा सम्मानित जिल्ला अदालत मकवानपुरबाट दिन १० को म्याद सहित अनुमती लिई अनुशन्धन तथा कारवाही भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
No comments:
Write टिप्पणियाँ