Monday, August 6, 2018

बालक अपहरणकारीको इन्काउन्टरमा मृत्यु

Related image
काठमाडौं, श्रावन २१/ महानगरपालिका वडा नम्बर–३२, काँडाघारी टाउन प्लानिङ्गबाट अपहरण गरी भक्तपुरको मध्यपुर ठिमीमा ११ वर्षीय बालक निशान खड्कालाई अपहरणकारीले हत्या गरेका छन्। हत्या गर्ने दुई जनाको प्रहरी इन्काउन्टरमा मृत्यु भएको छ । सिन्धुपाल्चोकको मेलम्ची स्थायी घर भइ टाउन प्लानिङ्गमा बालकको आमा चमेली खड्काले सञ्चालन गरेको खाजा पसलबाट आइतबार साँझ ६ बजे अपहरणमा परेका बालक मध्यपुर ठिमी नगरपालिका–७,नगदेश बुद्ध बिहारको तल एक निर्माणधिन घरको हिलोमा तीन फिट तल गाडेको, मुखमा रुमाल कोचेको र घाँटीमा पनि रुमालले बाँधेको अवस्थामा दिउँसो १२ बजे फेला परेका थिए ।
महानगरीय प्रहरी अपराध महाशाखाका बरिष्ठ प्रहरी उपरीक्षक धीरज प्रताप सिंहका अनुसार अपहरणकारी सूर्यविनायक जंगलमा लुकेर बसेको जानकारी पाएलगत्तै घट्नामा खटिएका महाशाखाका टोली सूर्यविनायक जंगल क्षेत्रमा गएर खोजी कार्य गर्ने क्रममा सूर्यविनायक नगरपालिका–८, स्थित सूर्यविनायक गणेश मन्दिरबाट पाइलट बाबा आश्रम जाने बाटो नजिकै जंगलमा अपहरणकारीसँग प्रहरीको जम्काभेट भएपछि दोहोरो भिडन्त भएको थियो ।
महाशाखाबाट खटिएर आएका प्रहरी नायव उपरीक्षक रुगम कुँवर नेतृत्वको प्रहरी टोलीसँग सूर्यविनायक जंगलमा दोहोरो भिडन्तमा हुदाँ अपहरणकारी नुवाकोट सामरीका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक करथलीका २३ वर्षीय अजय तामाङ को मृत्यु भएको छ ।
घटनास्थलबाट १ थान पेस्तोल, दुर्इ राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताएका छन।

Services

More Services

About Us

Powered by Blogger.