Friday, August 3, 2018

पार्किङको व्यवस्थापन गर्नका लागि बैठक

Image result for no parking image

 हेटौँडा उपमहानगरपालिकाका  मेयर  हरिबहादुर महतको अध्यक्षतामा स्थानीय प्रशासन सम्मिलित आज बैठक  बसेकोछ ।
बैठकको निर्णय  अनुसार हेटौँडा उपमहानगरपालिकाको  सडक खण्डमा श्रावन १८  गते  देखिने   सवारी पार्किङ  निषेध हुने भएको छ।
बैठकमा मेयर महतसहित मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, मकवानपुरका प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ, त्यसै गरि   हे उ न पा को प्रमुख प्रशासकीय अधिकृत पुष्पराज शाहीको  सहभागीता थियो   ।
  पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने   राप्तिपुलदेखि बुद्धचोक र फ़रिस्ट्रे सम्म तथा त्रिभुवन राजपथको चौकिटोल ओरालोदेखि बुद्धचोकसम्म साना–ठूला सवारी साधन पार्किङलाई पूर्ण रुपमा बन्द गरिने   राप्तिरोड, स्कूलरोड तथा बुद्धचोक जस्ता क्षेत्रमा पार्किङ गर्न नपाईने र  कान्ति लोकपथ क्षेत्रमा पनि  नो पार्किङका लागि व्यवस्थापन गर्नका लागि   छिटो भन्दा छिट्टो विकल्प निकाल्ने    निर्णय भएको छ ।
 राप्तिपुलदेखि बुद्धचोक क्षेत्रमा पार्किङ  निषेध गर्ने सन्दर्भमा राप्तिरोडमा अवस्थित रक्त सञ्चार केन्द्र देखि   दक्षिणपट्टिको खाली स्थान  र बुद्धचोकको दक्षिणमा अवस्थित भिमसेन मिनि मार्केट क्षेत्रमा पार्किङ क्षेत्र हुने  भएको छ ।
 राप्तिरोडमा साविक दक्षिणतर्फ रहेको दुई पाङ्ग्रे सवारी साधन   पार्किङ  निषेध कायम गरिने  चौकीटोल ओरालोदेखि बुद्ध चोकसम्म दुई पाङ्ग्रे सवारी साधन पार्किङ हुँदै आएकोले  सो क्षेत्रलाई पार्किङ  निषेध  घोषणा गरी पुरानो देवि सिनेमा हल रोड र पिपलबोटको भित्री रोडमा पार्किङ स्थल तोकी त्रिभुवन राजपथलाई पार्किङ  निषेध घोषणा गरिने भएको छ ।
 बुद्धचोकदेखि फरेष्ट्रिसम्म   पार्किङ हुँदै आएका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी पार्किङलाई हटाई टिसिएनको खाली जग्गामा पार्किङको व्यवस्था मिलाईने भएको छ ।
पार्किङ  निषेध  क्षेत्रमा चार पाङ्ग्रे सवारी साधन लोड अनालेड गर्ने व्यवस्था मिलाउनका लागि बिहान साढे ८ बजे अगाडि र साँझ साढे ७ बजेपछि मात्र लोड अनलोड गर्न पाईने  भएको छ ।हेटौडा  स्कूलरोड ४ मा पनि   पार्किङ निषेध  घोषणा गरी  दुई पाङ्ग्रे सवारीलाई भुटनदेवी स्कुल  अगाडि पार्किङको व्यवस्था मिलाईने  बताइएको छ।


Services

More Services

About Us

Powered by Blogger.