Friday, August 3, 2018

नेपाली चलचित्र “कायरा” र “झमक बहादुर”को भिडन्त






अभिनेता आर्यन सिग्देलको ड्रिम प्रोजेक्ट नेपाली चलचित्र  ‘कायरा’  श्रावन १८ गते  शुक्रवारबाट देशैभर प्रदर्शन भएको कयारामा जोडी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग बाँधिएको छ ।

आर्यनले आफ्नो जोडीको रुपमा उनलाई चयन गरेको चर्चा सिनेवृतमा छ । “ड्रिम्स” र ’ए मेरो हजुर २’ को सफलता पछि  साम्राज्ञीको स्थान राम्रो मानिएको छ । अभिनेता सिग्देल विगतका दिनमा  केहि समय  अग्र स्थान ओगट्न  सफल थिए। ’किस्मत’, ’कसले चोर्यो मेरो मन’, , ’क्लासिक’, ’मेरो एउटा साथी छ’ लगायतका फिल्म  धेरै  चलचित्र  बक्स अफिसमा सफल हुँदा उनलाई लिएर फिल्म बनाउन चाहने निर्माता र निर्देशक अत्यधिक थिए ।

चकलेटी ब्वाई आर्यन र अहिलेकी हट केक साम्राज्ञीले पहिलो पटक स्क्रिन साझेदारी गरेका कारण यो फिल्मको दर्शकमा घोषणाको बेलैदेखि व्यग्र प्रतिक्षा थियो । गीत संगीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया पाएका कारण हलमा दर्शकको उपस्थिति उत्साहजनक हुनेमा निर्माण टिम विश्वस्त देखिएको छ र  देशभरका ८० वटा हलमा प्रदशन भएको  नेपाली चलचित्र  ‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको पनि अभिनय  रहेको ‘कायरा’ ले के गर्छ  त्यसको नतिजा  केही दिनमा नै सार्वजनिक हुने छ । 


संग संगै , 
सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको चलचित्र  “झमक बहादुर“ संग भिडन्त भएको छ  । “को  ट्रेलर सार्वजनिक भएपछि यो फिल्म दक्षिण भारतीय फिल्म ’मुम्बई एक्सप्रेस’ को फोटोकपी रहेको भन्दै चर्को आलोचना भएको थियो ।

  भोमन कटुवाल निर्दे्शित तथा मिनकुमार तामाङ निर्मित अनुप विक्रम शाही स्टारर फिल्म झमक बहादुर मा यादब देपकोटा “सरापे”   राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापालगायतका कलाकारहरुको अभिनय रहेको छ  ।

Services

More Services

About Us

Powered by Blogger.