Friday, August 3, 2018

मकवानपुरमा छुट्टाछुट्टै स्थानबाट लागूऔषध बरामद

लागूऔषध नियन्त्रण ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले २ सय ३ केजी ७२ ग्राम लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले बिहिबार पत्रकार सम्मेलन गरेर बरामद गाँजा र पक्राउ परेकालाई सार्वजनिक गरेको हो । 
प्रहरीले ८८ केजी ७ सय २० ग्राम गाँजासहित उदयपुरका पदम हमाल, सिरहाका सुरेशकुमार महतो, सिरहाकै छेदी दास, मकवानपुरका कृष्णबहादुर मोक्तानलाई मनहरी गाउँपालिका–९ खरङ्गाबाट साउन १६ गते पक्राउ गरेको जानकारी दिएको छ । भारतीय BR-IP-२३४५ नम्बरको बोलेरो जिपमा फल्स बटम बनाई लुकाई छिपाइ ओसार पसार गर्न लागिएको अवस्थामामा  बरामद गरेको प्रहरी उपरीक्षक बुद्धिराज गुरुङले जानकारी दिए । 
यसैगरी प्रहरीले साउन १७ गते १ सय १५ केजी गाँजासहित सिन्धुलीका दिनेश मगर, ज्ञानबहादुर बुढासैलीलाई हेउमनपा ११ सरस्वतीचोकबाट पक्राउ गरेको उनले बताए । उनीहरुले ना.३ च. ४७६२ नम्बरको बोलेरोमा लुकाई लैजाँदै गरेको अवस्थामा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Services

More Services

About Us

Powered by Blogger.